कर्मशियल विद्युतिय सवारीलाई सरकारले किन प्राथमिकतामा राख्ने

अहिले बजारमा विद्युतिय सवारी साधनमा कर बढ्छ भन्ने विषय निकै चर्चामा छ । सरकार पछिल्लो दिनमा जनताको मर्म बुज्ने भन्दा पनि मौकामा चौका हान्ने रणनीतिमा लागेको देखिन्छ ।

त्यसको पहिलो कदम सरकारले नेपाल राष्ट्र बैंक मार्फत चालिसकेको छ । तर पछिल्लो दिनमा सरकारले कर्मसियल इभीमा धेरै खालका नियमहरु लगाउनु हुदैन भन्ने पनि बुजेको छ ।

त्यसैले सरकारले आगामी बजेट भाषणमा कर्मसियल इभीको सन्दर्भमा केही बिषय बुझ्‌न आवश्यक हुन्छ ।


कर्मसियल गाडीले अहिले केही हजार मानिसलाई रोजगारी दिएको छ भने सामान्य मानिसलाई यसको मालिक पनि बनाएको छ ।

कर्मशियल इभी गाँउगाँउ पुगेको छ र त्यहाँ चार्जिङ स्टेशन मार्फत नेपालमा उत्पादन भएको विद्युत पनि उपभोग गरेको छ ।

हुन त अहिलेसम्म नेपालमा बिजुली पुग नपुग छ । तर भोलिको दिनमा यो बिजुली कसरी उपभोग गर्ने भन्ने समस्या हुन्छ ।

अहिले देखी हामीले कर्मसियल इभीलाई स्थापना गर्न सकेको खण्डमा नेपालको विद्युतको उपभोग पनि हुदै जान्छ भने यसले बाहिरबाट आउने इन्धनलाई पनि नियन्त्रण गर्दै जान्छ ।

निजी गाडीले धेरै इन्धन उपभोग नगर्ने हुनाले प्रदुषण नियन्त्रण गर्नको लागी र बाहिरबाट आउने इन्धन नियन्त्रणको लागी कर्मशियल इभीको ठूलो महत्व छ ।

इभीको प्रयोगले वातावरणको पोलुसन मात्रै नियन्त्रण हुदैन यसले साउन्ड पोलुसनलाई पनि नियन्त्रण गरेको छ ।
नेपालको वर्तमान अवस्थाको कारण धेरै नेपाली नेपाल छोडेर अन्यमुलुक गैरहेका छन् ।

यदि नेपालका व्यापार व्यावसायलाई सरकारले वारम्बार नियम कानुन परिवर्तन गरेर धरासाई बनाउने हो भने निजी क्षेत्रले रोजगारी दिन सक्दैन र नेपालबाट विदेश पलायन हुनेको संख्या झनै बढ्छ ।

त्यसकारणले व्यावसायीले विद्युतिय सवारीको लागी बनाएको ठूलो भौतिक संरचनालाई सरकारले ध्यान दिनुपर्छ । बरु महाविर पुन जस्ता बैज्ञानिकलाई प्रयोग गरेर नेपालमा नै विद्युतिय गाडी बनाउन लगाउनु पर्छ ।

विद्युतिय गाडी बनाउन ग्यासोलिन गाडी बनाउन जस्तो जटिल छैन । यसमा प्रयोग हुने व्याट्री, कन्ट्रोलर र मोटर बनाउनु र जडान गर्नु जटिल विषय हैन ।

इन्धन प्रयोग हुने गाडीको लागी इन्जिन, गियर बक्स, क्लजप्लेट जस्ता पार्ट्‌सहरु बनाउन नेपाल जस्तो सानो बजार भएको स्थानमा जटिल विषय थियो ।

तर इभीको सवालमा यो जटिल विषय हैन । त्यसैले सरकारले बिलासी जुनसुकै गाडीमा केही न केही नियन्त्रण गर्नु स्वभाविक हो ।

तर गरिवले प्रयोग गर्ने कर्मसियल इभीमा नियन्त्रण गर्नु गलत काम हो ।

बरु सरकारले कुनै न कुनै हिसावले कर्मशियल इभीमा लगानी गर्नु उचित विषय हुन्छ । यसलाई निरुत्साहित गर्नु हुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *