नेपालमा AION इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्सले चर्चित अभिनेत्री वर्षा राउतलाई “e:xtraordinary AION V” को आधिकारिक ब्रान्ड एन्डोर्सर नियुक्त गरेको छ। कम्पनीले उनलाई उक्त गाडी हस्तान्तरण गर्दै यो घोषणा गरेको हो।
वर्षा राउतको आत्मविश्वासी उपस्थिति, सौन्दर्य र जीवन्त व्यक्तित्व AION V को बहुआयामिक क्षमतासँग मेल खान्छ।
AION V ले नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा र आरामदायक अनुभवमार्फत इभी सेग्मेन्टमा नयाँ मापदण्डहरू स्थापित गर्दै आएको छ।
सीजी मोटर्सका जीएम-सेल्स, सुशील क्षेत्रीका अनुसार, “हामी वर्षा राउतलाई AION V को ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं।
उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता AION V को पहिचानसँग पूर्ण रूपमा मेल खान्छ।”
AION V दुई भेरियन्टमा उपलब्ध छ: Elite र Luxury। Elite भेरियन्टमा ६२.७ किलोवाट प्रतिघण्टाको ब्याट्री क्षमतासहित ५२० किलोमिटरको रेन्ज छ भने Luxury भेरियन्टमा ७५.३ किलोवाट प्रतिघण्टाको ब्याट्री क्षमतासहित ६५० किलोमिटरको रेन्ज छ।
Luxury भेरियन्टमा ८-प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, प्यानोरामिक सनरूफ जस्ता फिचरहरू छन्।
वर्षा राउत भन्छिन्, “AION V केवल गाडी होइन – यो त एक अनुभव हो। यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ।”
सीजी मोटर्सले नेपालभर २१ भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरू र २६० भन्दा बढी चार्जिङ स्टेशनहरूमार्फत उत्कृष्ट सुविधा र भरपर्दो सेवा प्रदान गर्दै आएको छ।