Skip to content
सांग्रिला मोटर्सले नारायणहिटी संग्रहालयको उत्तरढोकामा शोरुमसहितको ‘कार्स क्याफे’ निर्माणको अन्तिम चरणमा पुगेको छ।
कम्पनीले भिल्ला ७२ रेस्टुरेन्टलाई लिजमा लिएर सिट्रोन, लिपमोटर र प्युजो ब्रान्डका गाडीहरूको शोरुमसहित क्याफेमा रूपान्तरण गरेको हो।
क्याफे परम्परागत शैलीमा सजाइएको छ, जसमा पुराना काठका थाम, सल्ला र निगालो प्रयोग गरिएको छ।
ठूलो स्क्रिनमा खेल हेर्न मिल्ने सुविधा पनि उपलब्ध छ।
कम्पनीले तीन महिनामा निर्माण सम्पन्न गरेको यो क्याफे केही दिनमै सञ्चालनमा ल्याउने योजना रहेको छ।
Post Views: 245