भारतको नेपालमा धेरै उडान

भारतले नेपाली वायुसेवा कम्पनीहरूलाई थप उडान अनुमति नदिंदा, भारतीय कम्पनीहरूले नेपालमा धेरै उडान गरिरहेका छन्।

अहिले भारतीय कम्पनीहरूले ७० वटा उडान गरिरहेका छन्।

एयर इण्डिया एक्सप्रेसले चाँडै नै थप १४ वटा उडान थप्ने योजना बनाएको छ, र आकासा एयरले २१ वटा उडान थप्ने प्रक्रिया सुरु गरिसकेको छ।

यदि उनीहरूले अनुमति पाएमा, नेपालमा भारतीय वायुसेवा कम्पनीहरूको साप्ताहिक उडान संख्या १०० भन्दा बढी हुनेछ।

नेपाल वायुसेवा निगमले जहाज मर्मतमा ध्यान नदिँदा उडान संख्या बढाउन सकेको छैन, जसले गर्दा हवाई भाडा घटेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *