नाडाको भन्सार छुटको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपालमा गाडी तथा स्कुटर एसेम्बल गर्ने उद्योगलाई सरकारले दिँदै आएको भन्सार छुट बढाउन माग गरेको छ।

आगामी आर्थिक वर्षको बजेटमा नाडाले यस्तो माग राखेको हो।

हाल नेपालमा अनएसेम्बल रूपमा भित्रिने बाइक र स्कुटरमा २५ प्रतिशत भन्सार शुल्क र ५० प्रतिशत अन्त:शुल्क छुट पाइन्छ।

नाडाले अब यो छुट ५० प्रतिशत पुर्‍याउन भनेको छ।

यति मात्र नभई, नाडाले सबै प्रकारका विद्युतीय सवारीसाधनलाई नेपालमा ल्याउँदा भन्सार शुल्कमा ७५ प्रतिशतसम्म छुट दिनुपर्ने माग पनि राखेको छ।

यसले विद्युतीय गाडीको मूल्य घटाउन मद्दत गर्ने नाडाको विश्वास छ।

त्यसैगरी, इन्धनबाट चल्ने गाडीहरूको कर घटाउन र विद्युतीय गाडीमा लगाइने भन्सार र अन्त:शुल्कलाई किलोवाटका आधारमा निर्धारण गर्न पनि नाडाले सरकारलाई सुझाव दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *