बैकल्पिक सडकको माग गर्दै फूलबरिया खण्ड अबरुद्ध

स्थानीय बासिन्दा र मृतकका आफन्तले ट्राफिक प्रहरीसँगको सेटिङ्मा क्षमताभन्दा बढी चुनढुंगा बोकेर तीब्र गतिमा गुड्ने टिपरको कारणले पटक पटक दुर्घटना भई स्थानीयले ज्यान गुमाउनु परेको भन्दै टिपरको लागि बैकल्पिक सडकको माग गर्दै मिर्चैया कटारी सडकको फूलबरिया खण्ड अबरुद्ध गरेका छन् ।

बैकल्पिक सडक निर्माण थालनीसहित तत्काल चुनढुंगा बोक्ने टिपरहरुको भारबाहन क्षमता र गति नियन्त्रणका लागि पहल नगरेसम्म शव नबुझ्ने भन्दै स्थानीयले सडकमा टायर बालेर बाटो नै अबरुद्ध गरेको घटनास्थलमा रहेका पत्रकार रामनारायण ठाकुरले जानकारी दिए ।

उनका अनुसार मिर्चैयामा रहेका सौर्या सिमेण्ट र मारुती सिमेण्ट उद्योगमा दैनिक सयौं टिपरहरु तीब्र गतिमा भारबाहन क्षमता भन्दा बढी चुनढुंगा बोकेर गुड्दा पटक पटक दुर्घटना हुने गरेको छ ।

प्रचलित व्यवस्था अनुसार छ चक्के ट्रक र टिपरले १० टनभन्दा बढी सामग्री बोक्न बन्देज भएपनि १० टनभन्दा बढी चुनढुंगा बोकेका सयौं टिपर बिना अवरोध संचालन हुँदै आएको स्थानीयको गुनासो छ ।

तीब्र गतिमा चल्ने ट्रक र टिपरका कारण पटक पटक सडक दुर्घटना हुँदा जनधनको क्षति हुने, टिपरबाट खस्ने ढुंगाले लागेर समेत मानिस घाइते हुन सक्ने जोखिम बढ्दा समेत ट्राफिक प्रहरी मौन बस्ने गरेको स्थानीयको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *