टिपरकाे ठक्करबाट एक बृद्धको ज्यान गयाे

मिर्चैया कटारी सडक अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका-७ फूलबरिया खण्डमा मंगलबार बिहान चुनढुंगा बोकेको टिपरले ठक्कर दिंदा स्थानीय बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फूलबरिया गाउँका ६५ वर्षीय महेन्द्र महरा रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मिर्चैया प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राज पुरीका अनुसार उदयपुरबाट चुनढुंगा बोकेर आउँदै गरेको बा. प्र ०१–००४ क २९५३ नम्बरको टिपरले मंगलबार बिहान करिब पौने ६ बजेतिर महरालाई ठक्कर दिएको थियो ।

मानिसलाई ठक्कर दिएको टिपर असन्तुलित भएर पल्टिदा महराको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक पुरीका अनुसार मिर्चैयाबाट गएको प्रहरीले घटनास्थल शिल गरी मुचुल्का उठाउनेसहित आवश्यक अनुसन्धान गरेको छ ।

ठक्कर पश्चात फरार रहेका टिपर चालकको खोजी भइरहेको छ उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *