नेपालको विद्युतीय गाडीको बजारमा बीवाईडी लिडिङ ब्राण्ड हो ।
यो गाडी देशभरको बजारमा लोकप्रिय बनिरहेको छ । यसैक्रममा बीवाईडीका लागि नेपालको आयातकर्ता साइमेक्स इंक प्रा.लि.ले देशभर आयोजना गरेको ‘मेगा एक्सचेन्ज क्याम्पेन’मा गाडी बुकिङ गर्नेको आकर्षण देखियो ।
यस अगाडि विभिन्न ब्राण्डका गाडी चढेकाले बीवाईडी एक्सचेन्ज गरे भने कतिपय ग्राहकले बीवाईडीबाट आफ्नो अटोमोटिभ यात्रामा इन्ट्री गरेका छन् ।
कम्पनीले वैशाख २४ देखि २७ गतेसम्म देशभरका विभिन्न शहरमा मेगा एक्सचेन्ज क्याम्प आयोजना गरेको थियो । मेला अवधीभर ३५० बढी बीवाईडी गाडी बुकिङ भएको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा उपलब्ध बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन वा बीवाईडी एम ६ गाडी बुकिङ भएका छन् । काठमाडौंको अम्रपाली बैंक्युटमा सबैभन्दा बढी १४० वटा बीवाईडी गाडी ४ दिनमा बुकिङ भएको जनाइएको छ ।
‘नयाँ आर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजान कार्यक्रम उपयुक्त थलो बन्यो,’ साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने ।
विभिन्न अफरसहित कम्पनीले घोषणा गरेको यो क्याम्पेनमा ग्राहकको आकर्षण देखिएको उनले जनाए । ‘ग्राहकको विश्वास अनुसार बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै हामीले सेवा प्रदान गरिरहेका छौं,’ उनले भने ।
काठमाडौं उपत्यकामा ललितपुरको सत्कार फाइन डाइन, पेप्सीकोलाको म्याजेस्टिक बैंक्वेट पेप्सीकोला, कोटेश्वर रोयल लाउन्ज बैंक्वेट एण्ड रेष्टुरेन्ट, सोल्टीमोडको ल्यान्डमार्क रिसेप्सन, सातदोबाटोको सेल्सबेरी, नक्सालको आम्रपाली बैंक्वेटमा एक्सचेन्ज क्याम्पेन आयोजना भएको थियो ।