काठे पुल तर्दै हुम्लाबासी

हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका-२ रीपगाउँका स्थानीयले जोखिम मालेर खडिखेतको कर्णाली नदीको काठेपुल वारपार गर्दै आएका छन् ।

गाउँको तलपट्टि रहेको उक्त काठेपुल काठको भएकाले झोलुङ्गे पुल नहुँदा जोखिम मोलेर वारपार गर्दै आउनु परेको स्थानीयको गुनासो छ ।

रीप गाउँका स्थानीय पालिका केन्द्र सर्केगाड, सदरमुकाम सिमकोट, जिल्ला बाहिर जानु पर्दा पनि सोही काठेपुल तरेर जानु पर्ने बाध्यता रहेको स्थानीय दिलिप कार्कीले बताए ।

आफूहरुले वारपार मात्रै नभएर गाउँमा हुने विभिन्न विकास निर्माणका सामग्री सिमेन्ट, सरीया, ग्यास सिलिण्डर, दैनिक उपभोग्यवस्तु, तेल, चामल, मैदा, सावुन, लगायतपनि र्जिण अवस्थामा रहेको काठको पुलबाट जोखिम मोलेर ल्याउन पर्ने अवस्था रहेको कार्कीले गुनासो पोखे ।

धेरै गरुङगो सामान समेत उक्त पुलबाट ल्याउन नसकिने भएको छ ।

भने खडिखेतमा रहेको काठको पुलबाट दुई तीन जना मानिस समेत तर्न नकिल्ने भएको छ । एक एक जना गर्दै उक्त पुल वारपार गर्नु पर्ने अवस्था रहेको छ ।

पालो कुर्दै पुल वारपार गर्ने गरेको पाइन्छ । उक्त पुल तर्न बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेका छन् ।

आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकासहित वडा नं २ का जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको अर्का स्थानीय श्री फडेराले बताए । कम्तीमा गाउँपालिकाको केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण आवश्यक छ ।

रीप गाउँका स्थानीयले काठले निर्माण गरेको उक्त पुलको एक पट्टीको भाग समेत झुण्डिएको अवस्थामा रहेको उहाँले बताउनुभयो ।

वर्षा याममा पानीको वहाव बढ्दै जादा पुल समेत बगाएर लिने गरेको छ ।

हिउँद याममा यहाँका स्थानीयले पानी कम हुँदा पुन निर्माण गरी आवपार गर्दै आउने गरेका छ ।

वर्षा याममा काठको पुल बगाएपछि तुइन तरेर वारपार गर्नु परेको फडेराले बताए । खडिखेतमा झोलुङ्ग पुलको आवस्यक रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *