स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कैलालीको भजनी नगरपालिका–७ स्थित गणेशमान चोकमा स्करपियोले ठक्कर दिँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ।

भारतीय नम्बर प्लेट युपी ३१ एयु ७३२० भएको मोटरसाइकल चलाइरहेका २० वर्षीय कुलदीप धोवीलाई बाँके कोहलपुर नगरपालिका–२ निवासी ४३ वर्षीय शेरबहादुर विश्वकर्माले चलाएको बीएबी ४५९२ नम्बरको स्करपियोले ठक्कर दिएको हो।

गम्भीर घाइते भएका धोवीलाई तत्काल उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनापछि स्करपियो र चालकलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *