अमेरिकामा घरमाथि प्लेन खस्यो

अमेरिकाको क्यालिफोर्निया राज्यको सिमी भ्यालीमा एउटा सानो प्लेन दुईवटा घरमा खसेको छ ।

यस दुर्घटनामा विमानमा सवार दुई जना मानिस र एक घर पालुवा कुकरको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको हो ।

यो दुर्घटना स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजेर १० मिनेटमा भएको प्रहरीले जानकारी दिएको छ ।

घरमा विमान खस्ने बित्तिकै आगलागी भएको थियो ।

दुर्घटनाको समयमा मानिसहरू घरमा नै भए पनि उनीहरूलाई सुरक्षित उद्धार गरिएको थियो ।

भेन्चुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार तत्कालै आगोलाई नियन्त्रणमा लिइएको थियो ।

सिमी भ्याली प्रहरीका अनुसार विमानमा सवार कोही पनि जीवित रहेनन् ।

फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार चार सिट भएको सिंगल इन्जिन विमान ल्यांकेस्टरको विलियम जे फक्स एरफिल्डबाट कामारिलो विमानस्थलका लागि उडेको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको एफएएले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *