अप्रिल २२ मा पहलगाम आक्रमण भएको एक दिन पछि, अप्रिल २३ मा भारतले पाकिस्तानविरुद्ध धेरै कदम चालेको थियो ।
यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारीमा रहेको एक मात्र स्थल सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्धलाई घटाउने समावेश थियो ।
यसको प्रतिक्रियामा पाकिस्तानले भारतीय विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो भने तेस्रो देशहरूमार्फत भारतसँगको सबै व्यापार निलम्बन गरेको थियो ।