सप्तरीमा बस दुर्घटना

उदयपुरको गाईघाटबाट सप्तरीको फत्तेपुर हुँदै काँकडभिट्टा जाँदै गरेको यात्रुवाहक बस सप्तरीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

प्र १–०१–००१ ख ३४२० नम्बरको बस आइतबार दिउँसो कञ्चनरूप नगरपालिका– १० बदगमामा दुर्घटना भएको हो।

दुर्घटनामा च्यापिएर दुईजनाको तत्कालै र एकजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पाँचजना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्ले नेतृत्वको प्रहरी टोली घटनास्थलमा छ।

बसका चालकलाई नियन्त्रणमा लिइएको डिएसपी काफ्लेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *