उनले अब सडक कार्यालय उक्त ठेकेदारसँग ठेक्का तोडेर भएपनि काम गर्नुपर्ने बताए।
उक्त १६ किलोमिटर सडक निर्माणको लागि बज्रगुरु महालक्ष्मी जेभीले ५८ करोडमा सम्झौता गरेको थियो।
यसको भौतिक प्रगति जम्मा ४० प्रतिशत मात्रै भएको हुलाकी सडक कार्यालय कपिलवस्तुका सूचना अधिकारी इन्जिनियर पवित्र मणि आचार्यले रातोपाटीलाई बताए ।
उनले निर्माणको लागि ठेक्का पाएको बज्रगुरु महालक्ष्मी निर्माण कम्पनीले काम नगर्दा अन्य हुलाकी सडक पनि बदमान भएको बताए । उनले तिन पटक सम्म दिइएको म्याद गत चैत्र २० गते सकिएको छ।
अव नयाँ म्याद थप गर्ने नगर्नेमा छलफल चलिरहेको बताए। उनले ठेकेदारको म्याद थप गर्दे काम आलटाल गर्ने गरेका कारणले कार्यालय गम्भीर रहेको बताउँदै विभागबाट छिटै निर्णय आउने बताए।
त्यसको लागी कार्यालय प्रमुख होमबहादुर एसी काठमाडौँ विभागमा गएको बताए। उनका अनुसार हुलाकी सडक कपिलवस्तुले नवलपरासी जिल्लामा लगाएको तिन वटा ठेक्का मध्ये अन्य दुई वटा काम तुलनात्मक रूपमा राम्रो रहेको छ ।
बेलाटारी–कठहवा ९ किलोमिटर सडक विस्तारका लागि हुलाकी द कसेन्ट प्रालि काठमाडौँ’ले करिब सक्ने चरणमा रहेको छ।यो ठेक्का द कसेन्ट प्रालि काठमाडौँले २८ करोड ९० लाखमा ठेक्का पाएको थियो।
उक्त सडक खण्डको भौतिक प्रगति ७७ प्रतिशत रहेको छ । यता जिल्लाको सदरमुकाम परासीदेखि नारायण चोकसम्मको साढे १२ किलोमिटर हुलाकी सडक निर्माणको काम सकिने अवस्था रहेको इन्जिनियर आर्चायले बताए ।
यहाँ फुटपाथ तथा अन्य केही सामान्य काम बाँकी रहेको बताए। नवलपरासीको हुलाकी सडक समय सम्म गर्नको केन्द्रीय नेताहरू समेत चासो देखाएका छन् ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापा,माओवादी अध्यक्ष प्रचण्ड लगायतको पनि ठेकेदारलाई लापरबाहीको कारणले सडक निर्माण ढिलाइ भएको भन्दै छिटो निर्माण गर्न माग गरेका थिए।सडक निर्माण समयमै सम्पन्न गर्न स्थानीय स्तरमा दबाब सिर्जना गरिए स्थानीयले गरेको आन्दोलन समेत गगन थापा सहभागी भएका थिए ।
प्रतापुर गाउँपालिका अध्यक्ष यादवले नेताहरू दबाब दिने स्थानीयहरू धर्नामा बस्दा समेत सुना वाई नभएको अव केही दिनमा नयाँ निर्णय नभएको शसत्त आन्दोलनको विकल्प नभएकाे बताए।