दुईवटा पक्की पुल निर्माण हुँदै

धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्गअन्तर्गत धनगढी-स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण सुरु भएको छ।

धनगढी-स्याउले सडक योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका-८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका-५ सुकुटी खोलामाथि पक्की पुल निर्माण थालिएको हो।

पुल निर्माण गर्न ३ करोड १५ लाख रुपैयाँमा २०८१ पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो।

जोनापुर खोलाको पुल ५० प्रतिशत बनेको छ भने सुकुटी खोलामा धमाधम पिलर उठाइँदै छ।

आयोजना कार्यालयलका अनुसार १३ किलोमिटर सडक कालोपत्र भएको छ।

२०६४ सालमा खुटिया-दिपायल द्रुतमार्गको ‘ट्रयाक’ खोलिएको हो। पहिलो चरणमा खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर र स्याउले-धनगढी १० किलोमिटर सडकको सर्भे भएको थियो।

धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैभञ्ज्याङ ‘फास्टट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणमा ढिलाइ भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *