रौतहटमा खुल्यो महिन्द्राको सर्भिस सेन्टर

नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

बुधबार गरिमा मोटर्सको वर्कसपमा मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री समीर भट्टराई, महिन्द्रा एण्ड महिन्द्राका तर्फबाट अटो डिभिजनको सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर, बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठ, गरिमा मोटर्सका प्रबन्ध निर्देशक कुन्दन चौधरी लगायतले उद्घाटन गरेका हुन् ।

बालाजु अटो वर्कसका सर्भिस हेड श्रेष्ठले महिन्द्राको आधिकारिक सेवा केन्द्र रौतहटमा विस्तार गर्न पाउँदा खुशी लागेको बताउँदै दक्ष प्राविधिक तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने लक्ष्य लिएको जनाए ।

रौतहट वरपर बसोबास गर्ने ग्राहकलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्न नयाँ सेवा केन्द्र स्थापना गरिएको हो ।

बालाजु अटो वक्र्सले नयाँ २ एस सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव लिन सबै ग्राहकलाई अनुरोध गरेको छ ।

अग्नी ग्रुपले हाल नेपालभरि रहेका आफ्ना नेटवर्कबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ ।

उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउन अग्नी ग्रुप बालाजु अटो वर्कसले आफ्ना सेवाहरु यसरी नै मुलुकभर विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *