महानायक राजेश हमालको गाडी छोएपछि

महानायक राजेश हमालले लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन राष्ट्रिय सभागृहमा सम्पन्न कार्यक्रममा उनले जिप कम्पास गाडी स्वयमले हाँकेर आएका थिए ।

लायन्सको तेस्रो कन्भेन्सन राष्ट्रिय सभागृहमा पार्किङ गरिरहेको अवस्थामा डिस्प्लेका राखेको नयाँ सेरेस इभी गाडीले टेष्ट ड्राइभ गर्ने क्रममा सामान्य मात्र क्षती भएको थियो । जब गाडी छोएपछि उहाँ चिन्तित देखिन्थे ।

आपसी समझदारमा कम्पनीले नैं बनाईदिने भएपछि महानायक राजेश हमाल सोही गाडीमा नैं फर्किएका थिए ।

त्यस्तै विशेष अतिथि तथा मुख्य बक्ताको रुपमा उपस्थित महानायक राजेश हमालले सबैले यो धर्तीमा हामी किन छौं भन्ने कुरा मनन गरे मानव जीवनको कल्याण हुने बताए ।

सामाजिक कार्यको चर्चा गर्दै,  उनले आफू सक्षम बनेर कमसेकम अर्को एक जना व्यक्तिको मुहारमा खुशी ल्याउन सबैलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *