साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने

गत असोजको दोस्रो साता बाढीले क्षतिग्रस्त सडकहरू पुनर्निर्माणका लागि सरकारले ठेक्का खुलाएको छ ।

क्षतिग्रस्त बीपी राजमार्ग, कान्ति राजमार्ग, अरनिको राजमार्ग, मेची राजमार्ग र थानकोट–चित्लाङ सडकखण्डको पुनर्निर्माण गर्ने गरी ३० दिनको समय दिएर ठेक्का आह्वान गरिएको छ ।

अहिले ठेक्का आह्वान गरी प्रक्रिया अघि बढाए पनि नयाँ आर्थिक वर्ष लागेपछि अर्थात् आगामी साउनदेखि मात्रै निर्माण सुरु हुने सडक विभागले जनाएको छ ।

सडक विभागका इन्जिनियर शुभराज न्यौपानेले असार मसान्तभित्र ठेक्का सम्झौता गरी साउनदेखि स्थायी रूपमा पुनर्निर्माण थाल्ने बताए ।

‘बाढी पहिरोबाट क्षेतिग्रस्त सडकहरू अस्थायी रूपमा पुनर्निर्माण गरी सञ्चालित छन् ।

स्थायी पुनर्निर्माणका लागि सबैजसो सडकको ठेक्का निकालिसक्यौँ । अब असार मसान्तसम्म ठेक्का सम्झौता गरेर साउनदेखि पुनर्निर्माण थाल्छौँ,’ न्यौपानले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *