Skip to content
काठमाडौं उपत्यकामा गरिएको छड्के प्रदूषण परीक्षणमा ५५३ सवारी साधनमध्ये १७३ वटा सवारी प्रदूषण मापदण्डमा फेल भएका छन्।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीका अनुसार, ती सवारी साधनहरूलाई कानुनअनुसार जरिवाना गरिएको छ।
यो परीक्षण वातावरण विभाग र ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा गरिएको हो।
सांसद सोबिता गौतमले संसदमा पुराना सवारीहरूको प्रदूषण अवस्थाबारे प्रश्न उठाएपछि मन्त्री शाहीले यो जानकारी दिएका हुन्।
उनले वायु प्रदूषण नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको बताए।
२०७८/८२ आर्थिक वर्षमा काठमाडौं उपत्यकामा गरिएको परीक्षणमा फेल भएका सवारी साधनहरूलाई जरिवाना गरिएको छ, र यो प्रक्रिया निरन्तर जारी रहनेछ।
Post Views: 281