नेपाली मोटरस्पोर्ट्सको अन्तर्राष्ट्रिय पहल

नेपाली Motorsports मा विगतमा संग्लग्न नेपालीहरु, मोटर स्पोर्ट्स, अटोमोबाइल, मोबिलिटी र ड्राइभ टुरिजम तथा सडक सुरक्षाको क्षेत्रमा रुचि राख्ने अस्ट्रेलियाबासी नेपालीहरु संगठित भएका छन्।

अष्ट्रेलियाका विभिन्न सहरमा अध्ययन, रोजगार तथा व्यवसाय गरिरहेका नेपालीहरूले मूलतः
● नेपाली motorsport मा प्रत्यक्ष रुपमा संग्लग्न हुन,
● आफ्नो शिप, क्षमता र पहुँच को प्रयोग गरी नेपाली ड्राईभर राइडरहरुलाई सहयोग गर्न,
● नेपालमा ड्राईभ टुरिजम र सडक सुरक्षा को क्षेत्रमा योगदान दिन,

नेपाली नयाँ वर्ष २०८२ को पहिलो दिन यो संगठित प्रयास अस्ट्रेलियाबाट सार्वजानिक गर्दै नेपालीलाई यो अभियानमा आबद्ध हुन अनुरोध क्लबले गर्दछ।

क्लबको निकट भविष्यमा एनआरएनए अष्ट्रेलिया तथा नेपाल अटोमोबाइल एसोसिएसन मा समेत आवद्ध हुने योजना रहेको छ।

हाल नौ जना संस्थापक रहेका Moto-Aus Nepal को संस्थापक हरुमा दिनेश कठायत, रितेश उपाध्याय, प्रत्यूष कुइङ्केल, दिक्ष्या श्रेष्ठ, सुनिता देशार, सुयोग खनाल, सौगात राजभण्डारी, उमेश चौलागाईं र दिक्ष्या श्रेष्ठ रहेका छन्।

तत्कालको लागि अस्ट्रेलिया पछि संयुक्त राज्य अमेरिका, वेलायत, युरोपियन युनियन र जापान मा समेत यस्ता समुह बन्न सक्ने देखिन्छ जसले नेपाली मोटर स्पोर्ट्स, अटोमोबाइल र मोबिलिटीको क्षेत्रमा संग्लन र रुचि राख्नुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *