२० प्रतिशत डाउनपेमेन्टमै म्याग्नाईट फेसलिफ्ट

निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले २० प्रतिशत डाउनपेमेन्टमै म्याग्नाईट फेसलिफ्ट बिक्री गर्ने स्किम ल्याएको छ ।

राष्ट्र बैंकले ४० प्रतिशत डाउपेमेन्ट अनिबार्य गर्नुपर्ने नियम ल्याएपनि कम्पनीले ग्राहको सुबिधालाई मध्यनजर गरी २० प्रतिशत डाउनपेमेन्ट मै गाडी किन्न पाइने सुबिधा प्रदान गरेको हो ।

नयाँ निसान म्याग्नाईट खरिद गर्दा ग्राहकले ८.०५ प्रतिशत ब्याजदरमा फाइनान्स सुबिधा पाउने जनाइएको छ ।

कारको सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी ग्राहकहरूले नगद छुट, एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निः शुल्क सडक कर र तीन वर्षसम्म निः शुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *