कारमा अर्को महिनादेखि कर लाग्ने

विश्वका अधिकांश देशलाई कर लगाउने घोषणा गरेका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको ‘कार ट्रारिफ’ हिजो अर्थात् अप्रिल ३ बाटै लागू भइसकेको छ।

विश्वका कुनै पनि देशबाट अमेरिका भित्रिने कारमा २५ प्रतिशत कर लगाउने घोषणा केही समयअघि ट्रम्पले गरेका थिए।

सन् २०२४ मा मेक्सिकोले अमेरिकामा सबैभन्दा धेरै २५ लाख कार पठाएको थियो। त्यसपछि क्यानडाले ११ लाख कार पठाएको छ।

यस्तै, दक्षिण कोरिया, जापान, र जर्मनीसहित उत्तर अमेरिकी देशहरूबाट सन् २०२४ मा ३७ लाख कार अमेरिकामा आयात गरिएको थियो।

हिजोबाट लागू व्यवस्थाअनुसार अब ४० हजार अमेरिकी डलर पर्ने कारमा १० हजार अमेरिकी डलर कर लाग्नेछ।

ट्रम्प प्रशासनले अटो पार्ट्सको आयातमा समेत कर लगाउने बताइसकेको छ। यो कर भने मे महिनाबाट लागू हुन सक्ने बताइएको छ।

यो कर लागू भएसँगै अमेरिकी अटो प्लान्टमा निर्माण हुने कारको मूल्य समेत बढ्नेछ। हाल अमेरिकामा निर्माण हुने सबै कारमा विदेशबाट आयात हुने पार्ट्सहरू प्रयोग गरिन्छ।

अमेरिकामा घरपछि कार सबैभन्दा बढी खरिद गरिनेमा पर्छ। सन् २०२४ मा अमेरिकीहरूले १ करोड ३० लाख नयाँ कार र ४ करोड पुराना कार खरिद गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *