किङलङको इलेक्ट्रिक पिकअप भ्यान

सीजी मोटर्सले नेपाली बजारमा बिक्री गरिरहेको किङलङ ब्रान्डको इलेक्ट्रिक गाडी जगदम्बा मोटर्सले पनि ल्याउने भएको छ।

जगदम्बा मोटर्सले बिहीबार गाडीको बिक्री मूल्य सार्वजनिक गरेर आफू पनि बिक्रेता भएको पुष्टि गरेको छ।

कम्पनीले किङलङको एक्सएमक्यू १०३० सिरिजको पिकअप भ्यान ल्याउन अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ। कम्पनीले इलेक्ट्रिक पिकअप भ्यानको मूल्य ४८ लाख रुपैयाँ तोकेको छ।

यसमा १२० किलोवाट क्षमताको मोटर तथा ५९ किलोवाट क्षमताको ब्याट्री छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *