वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य खुलाएर लेबल नराखेको भन्दै तीन ठूला कम्पनीहरूलाई स्पेयर पार्ट्स र एक कम्पनीलाई लुब्रिकेन्ट्स बिक्रीमा रोक लगाएको छ।
विभागले VG Automobiles, VG Service Center, Hansraj Hulaschand & Co. र IME Groupलाई कारबाही गरेको हो।
अनुगमनका क्रममा यी कम्पनीहरूले स्पेयर पार्ट्समा अत्यधिक नाफा लिएर बिक्री गरिरहेको पाइएको छ।
VG Automobiles र VG Service CenterVishal Group अन्तर्गतका कम्पनी हुन्। यी कम्पनीहरूले Suzuki ब्रान्डका बाइक तथा स्कुटरका स्पेयर पार्ट्स बिक्री गर्दै आएका छन्।
काठमाडौं महानगरपालिका-२० मा रहेको स्टोरको अनुगमन गर्दा VG Automobiles र VG Service Centerले भारतीय रुपैयाँमा मूल्य तोकेर ग्राहकसँग धेरै रकम असुल्ने गरेको पाइएको छ ।
IME Groupले Motul Lubricants बिक्री गर्दै आएको छ। यो कम्पनीले MRP (Maximum Retail Price) नराखी लुब्रिकेन्ट्स बिक्री गरेको भेटिएको छ।
त्यसैगरी, Bajaj बाइक बेच्ने Hansraj Hulaschand & Co.ले पनि MRP नराखी स्पेयर पार्ट्स बिक्री गरेको पाइएको छ।
विभागले Bajeko Sekuwa, Maple Furnishing House, KTM Books & Stationery, Gorkhali Mart, AG World, Siddhartha Steel, Bhawani Ma Hardware, Pioneer Electro Cables, Riders Helmet & Accessories, New Helmets House, BS Enterprises, Three S Auto Solution, Namaste International लगायत कम्पनीहरूको पनि कागजात मागेर अध्ययन गरिरहेको छ।
विभागले BYD को Sub-dealer Eco EV Care सँग पनि कागजात मागेर अध्ययन गरिरहेको छ।
“हामीले सबै कम्पनीहरूलाई चैत २० गतेसम्म लेबल लगाउन समय दिएका छौं। त्यसपछि पनि लेबल नलगाएको भेटिए ३ देखि ४ लाख रुपैयाँसम्म जरिवाना गरी सामान सिज (जफत) गर्नेछौं।
उत्पादनदेखि शोरुमसम्मको सम्पूर्ण खर्च MRP मा समावेश गर्नुपर्छ, र MRP नेपाली रुपैयाँमा राखिनुपर्छ।”
उनका अनुसार, VG Automobiles ले १८५४ भारतीय रुपैयाँMRP राखेर ग्राहकलाई ७५०० नेपाली रुपैयाँ मा स्पेयर पार्ट्स बेचेको पाइएको छ।