स्काइवेलको फ्ल्यागसिप शोरुम इटहरीमा

स्काइवेलले पूर्वी नेपालको इटहरीमा सोमबार नयाँ शोरुम उद्घाटन गरेको छ।

नेपालमा उपलब्ध विद्युतीय एसयूभीमध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको स्काइवेल ईटी फाइभ एक वर्षअघि नेपाली बजारमा आएको थियो।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले शोरुमको उद्घाटन गरे। कार्यक्रममा स्काइवेलका डेपुटी जनरल म्यानेजर थोमस झु, कन्ट्री म्यानेजर भिरा, र जि मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलाल उपस्थित थिए।

स्काइवेल चीनमा बनेर युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मध्यपूर्व, रुससहित ६५ भन्दा बढी देशमा निर्यात भइरहेको छ।

चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी स्काई वर्थको ब्रान्ड स्काइवेलले राम्रो वित्तीय स्थिति, अनुसन्धान तथा विकासमा ठूलो लगानी, र गुणस्तरीय उत्पादनका कारण विश्व बजारमा बलियो उपस्थिति जमाएको छ।

भक्तपुर राधेराधेमा पहिलो शोरुम खोलेपछि स्काइवेलले नेपाली बजारमा आफ्नो लक्जरी एसयूभी बिक्री सुरु गरेको थियो। एक वर्षमै १०० भन्दा बढी एसयूभी बिक्री भइसकेका छन्।

कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार स्काइवेलका ग्राहक उच्चस्तरका छन्, जसले पर्यावरण संरक्षणका लागि प्रिमियम जर्मन गाडी छोडेर स्काइवेल अपनाइरहेका छन्।

गेलालले ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता जनाउँदै आवश्यकता परेमा घरमै गएर पनि सेवा उपलब्ध गराइने बताए। साथै, पर्याप्त स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ।

कार्यक्रममा जि मोटर्सका कार्यकारी निर्देशक पारसमणि गेलालले स्काइवेल साधारण ईभी नभएर लक्जरी एसयूभी भएको बताए।

उनका अनुसार स्काइवेलले छोटो समयमा नेपाली बजारमा राम्रो ब्रान्ड भ्यालु बनाइसकेको छ, र कम्पनी ग्राहकलाई उच्च स्तरको सेवा दिन प्रतिबद्ध छ।

स्काइवेलका एसयूभीको मूल्य ७९ लाख ९० हजार रुपैयाँदेखि १ करोड १५ लाख रुपैयाँसम्म पर्छ।

यसै वर्ष स्काइवेलले अहिलेसम्मकै प्रिमियम फिचर भएको सानो एसयूभी नेपाली बजारमा ल्याउने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *