सल्यान जिप दुर्घटना

सल्यानमा सोमबार बिहान भएको जिप दुर्घटनाका घाइतेमध्ये दुईजनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ।

शारदा नगरपालिका–११ का १० वर्षीय अनुपम बुढाथोकी र कुमाख गाउँपालिका–३ का ५० वर्षीय परवीर रावत लाई रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

धेरै चोट लागेका दुवैलाई जिल्लाको शारदा नगरपालिका–१, श्रीनगरस्थित शारदा मेट्रो अस्पतालबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्री ले बताए।

उनका अनुसार बुढाथोकीको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ भने रावतको खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ।

कुमाखको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे१ज १२१४ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–३ फलाटेनजिकैको गतियानामा दुर्घटनामा परेको थियो।

चालकसहित १८ जना सवार जिपमा चालकबाहेक १७ जना सबै घाइते भएका थिए।

ब्रेक फेल भएर भित्तामा ठोक्किँदा जिप सडकमै पल्टिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *