युरोपमा सार्वजनिक भयो चाङआनको ईभी ब्राण्ड डीपल

इन्टेलिजेन्ट लो-कार्बन मोबिलिटी प्रविधि कम्पनी चाङआन अटोमोबाइलले जर्मनीमा आयोजित ‘शेयरिङ द फ्युचर’ ब्रान्ड लन्च कार्यक्रममा युरोपका लागि तीन प्रमुख ब्रान्डहरू— CHANG-AN, DEEPAL, र AVATR आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

चाङआनको ‘भास्ट ओसन प्लान’ अन्तर्गत यो नयाँ सुरुवातले प्राविधिक नवप्रवर्तन र दिगोपनलाई सुदृढ पार्ने लक्ष्य लिएको छ।

युरोपेली इकोसिस्टमलाई एकीकृत गर्दै अनुसन्धान, उत्पादन, आपूर्ति श्रृंखला, बिक्री र सञ्चालनमा लगानी गर्दै चाङआनले क्षेत्रीय साझेदारहरूसँग सहकार्यलाई प्राथमिकता दिइरहेको छ।

कार्यक्रममा CHANG-AN E07, DEEPAL S05, र DEEPAL S07 को प्रदर्शन गरियो, जसले युरोपेली उपभोक्तालाई उच्च-प्रदर्शन ईभी सवारीसाधनहरूको नयाँ विकल्प प्रदान गर्नेछ।

६ देश र १० स्थानहरूमा फैलिएको R&D नेटवर्कमार्फत चाङआनको नवप्रवर्तन क्षमता विश्वव्यापी रूपमा स्थापित भएको छ।

कम्पनीले प्रारम्भमा नर्वे, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, र बेलायतमा आफ्नो उपस्थिति बलियो बनाउने योजना बनाएको छ।

सन् २०२८ भित्र सबै प्रमुख युरोपेली बजारहरूमा विस्तार गर्ने उद्देश्य राखिएको छ, जसको लागि नेदरल्याण्ड्समा मुख्यालय तथा जर्मनीको म्युनिखमा बिक्री कम्पनीहरूको मुख्यालय स्थापना गरिएको छ।

चाङआनले युरोपमा करिब ५०० कर्मचारीहरू नियुक्त गरिसकेको छ, जसमा इटाली र बेलायतका अनुभवी डिजाइनर तथा इन्जिनियरहरू समावेश छन्।

स्थानीय प्रतिभा अभिवृद्धि गर्दै बजार संलग्नतालाई प्रवर्द्धन गर्ने चाङआनको रणनीति रहेको छ।

चाङआन अटोमोबाइलका अध्यक्ष झु हुआरोङले दिगो गतिशीलताको नेतृत्व गर्ने तथा मानव जीवनलाई सहज बनाउने लक्ष्य रहेको बताए।

झुले सन् २०२४ भित्र ३० लाख युनिट सवारी साधन बिक्री गर्ने लक्ष्य राखेको उल्लेख गरे, जसमा १० लाख विद्युतीकृत सवारी साधनहरू हुनेछन्।

सन् २०३० सम्ममा प्रति वर्ष ५० लाख सवारी साधन डेलिभर गर्ने लक्ष्य राखिएको छ, जसमा ३० लाख विद्युतीय सवारी साधन हुनेछन्।

चाङआनले टेक-ड्राइभन इनोभेसन, इन्टेलिजेन्ट निर्माण, र दिगो विकासलाई प्राथमिकता दिँदै विश्वव्यापी रूपमा आफ्नो ब्रान्ड विस्तार गरिरहेको छ।

युरोपमा ब्रान्डको यो सुरुवात चाङआनको विश्वव्यापीरण यात्राको एक महत्वपूर्ण माइलस्टोन हो, जसले कम्पनीको नयाँ रणनीतिक चरणलाई प्रतिबिम्बित गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *