भारतमा टर्‍यो ठुलो विमान दुर्घटना

हिमाचल प्रदेशको राजधानी शिमलास्थित जुब्बरहट्टी विमानस्थलमा सोमबार बिहान ठुलो दुर्घटना टरेको छ ।

जानकारी अनुसार दिल्लीबाट शिमला पुगेको एलायन्स एयरको विमानलाई आपत्कालीन ब्रेक लगाएर रोकिएको छ ।

विमानमा प्राविधिक गडबडीका कारण आपत्कालीन अवतरण गराइएको थियो ।

यस समयमा विमानमा उपमुख्यमन्त्री मुकेश अग्निहोत्री र डीजीपी डा. अतुल बर्मासहित ४४ जना यात्रु थिए ।

सबैजना सकुशल भएको बताइएको छ । विमानको टायर हावामै पड्किएको थियो ।

विमानलाई आपत्कालीन रुपमा आधा धावनमार्गमा अवतरण गराइएको थियो । अवतरण गर्दा यो भाग्यले धावनमार्गबाट बाहिर गएन र ठुलो दुर्घटना हुनबाट जोगियो ।

यस दुर्घटनापछि, सुरक्षा कारणले गर्दा धर्मशालाको अर्को उडान रद्द गरिएको छ ।

विमान किन आधा धावनमार्गमा अवतरण गरियो भन्ने बारे जानकारी अझै उपलब्ध छैन ।

विमानमा भएको प्राविधिक गडबडीको अनुसन्धान भइरहेको छ ।

शिमला विमानस्थल स्रोतका अनुसार दिल्लीबाट शिमला जाँदै गरेको एलायन्स एयरको उडान नम्बर ९१८२१ का पाइलटले सोमबार बिहान शिमला विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको ब्रेकमा प्राविधिक गडबडी भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *