Skip to content
विद्युतीय सवारीबारे आम धारणाअनुसार चार्ज गर्न धेरै समय लाग्छ र रेञ्ज कम हुन्छ।
तर, चिनियाँ कम्पनी बीवाईडीले अल्ट्रा फास्ट इलेक्ट्रिक भेहिकल चार्जिङ सिस्टम लञ्च गरेर यो सोच बदल्न लागेको छ।
नयाँ चार्जिङ स्टेशनले १००० किलोवाट स्पिडमा चार्ज गर्न सक्ने दाबी गरिएको छ। बीवाईडी हान एल ईभी र टाङ एल ईभी ५-८ मिनेटमै फूल चार्ज हुन्छन्।
टेस्लाको ५०० किलोवाट चार्जिङ सिस्टमलाई दोब्बर पार्दै बीवाईडीले प्रतिस्पर्धी कम्पनीहरूलाई चुनौती दिएको छ।
चीनमा ईभीको प्रयोग तीव्र गतिमा बढेको छ, र बीवाईडीको नवप्रवर्तनले विश्व बजारमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
बीवाईडी हान एल ईभी
यस स्लिक सेडानको डिजाइन विशेष छ। हेडलाइटमा चिनियाँ लिपीमा ‘हान’ लेखिएको छ।
५०५०/१९६०/१५०५ मिमीको डाइमेन्सन र २९७० मिमीको ह्वीलबेस रहेको छ।
१००० भोल्ट क्षमताको प्लेटफर्ममा ८३.२ किलोवाट आवर ब्याट्री छ, जसले ६०१-७०१ किमी रेञ्ज दिन्छ।
५ मिनेटमा ४०० किमी चल्ने ब्याट्री चार्ज गर्न सकिन्छ।
सिङ्गल मोटर भेरियन्टले ५०० किलोवाट आउटपुट दिन्छ, फोरडब्ल्यूडी भेरियन्टले ८१० किलोवाट उत्पादन गर्छ।
२.७ सेकेन्डमै ०-१०० किमी प्रतिघण्टा स्पिड लिन सक्छ।
मूल्य: २.७०-३.५० लाख युआन (३७,३००-४८,३५० डलर)
बीवाईडी टाङ एल ईभी
२+३+२ सिट लेआउट भएको एसयूभी हो। अगाडि आकर्षक हेडलाइट र सिङ्गल टेललाइट स्ट्रिप छ।
५०४०/१९९६/१७६० मिमी डाइमेन्सन र २९५० मिमी ह्वीलबेस छ।
डुअल कलर इन्टेरियरमा १५.६ इन्चको सेन्ट्रल स्क्रिन छ।
१००.५ किलोवाट आवर ब्याट्री ५६०-६७० किमी रेञ्ज दिन्छ।
३.६ सेकेन्डमै ०-१०० किमी प्रतिघण्टा गति लिन सक्छ।
मूल्य: २.८०-३.६० लाख युआन (३८,६९०-३९,७४० डलर)
चार्जिङमा नयाँ क्रान्ति
पहिले टेस्लाको ५०० किलोवाट चार्जिङ प्रणाली थियो।
बीवाईडीको नयाँ १००० किलोवाट चार्जिङ प्रणालीले यसलाई दोब्बर पार्दै नयाँ मानक कायम गरेको छ।
अब ईभी चार्जिङमा समय कम लाग्ने र पेट्रोलको विकल्प बन्ने सम्भावना बलियो भएको छ।
Post Views: 31