टाइगर पावरका मेकानिक–रिबोरर मिट सम्पन्न

एसडीआई अटोमोबाइल्सको आयोजनामा मेकानिक–रिबोरर मिट सम्पन्न भएको छ ।

इन्जिन मर्मत सम्बन्धी कार्य गर्ने मेकानिक्सहरुको सहभागितामा सम्पन्न सो कार्यक्रममा इन्जिन रिबोरर र इन्जिन मेकानिक्सहरुको सहभागिता थियो ।

सो अवसरमा टाइगर पावरका उत्पादन अब एसडीआई अटोमोबाइल्सले बिक्री–वितरण गर्ने घोषणा समेत गरियो ।

सो अवसरमा इन्जिन रिबोरिङका लागि आवश्यक टाइगर पावर ब्रान्डका लाइनर र इन्जिन भल्व लगायतका पार्ट्स वारेमा आवश्यक जानकारी प्रदान गरिएको थियो ।

कुसलभा इन्टरनेसनलले टाइगर पावर ब्रान्डका लाइनर र भल्व लगायतका आफ्टर मार्केट पार्ट्स उत्पादन गर्छ । कुसलभा रावको नामबाट सन् १९६४ मा यो कम्पनीको स्थापना भएको थियो । ओई र आफ्टर मार्केट दुवैका लागि टाइगर पावरका उत्पादन उपलब्ध छन् ।

यो कम्पनी हाल सम्म सबैभन्दा धेरै सिलिन्डर लाइनर उत्पादन गर्ने कम्पनीको रुपमा परिचित छ । अशोक लेल्यान्ड, टाटा मोटर्स, भीई कमर्सियल, एसएमएल इसुजु, फोर्स मोटर्स, भल्वो, महिन्द्रा, जोन डियर लगायतका सवारी साधनका इन्जिनमा टाइगर पावरका उत्पादन प्रयोग हुन्छन् ।

टाइगर पावरका पार्ट्स उत्पादन गर्ने कम्पनी कुसलभा इन्टरनेसनलका एक्सपोर्ट तर्फका एसिया प्यासिफिक क्षेत्रका म्यानेजर विमान घोषले कम्पनी र यसका उत्पादनका वारेमा जानकारी प्रदान गरेका थिए ।

उनले कम्पनीले ३ हजार भन्दा बढी साइज तथा भेराइटीका लाइनर र २ हजार भन्दा धेरै इन्जिन भल्व उत्पादन गरिरहेको र नेपाली बजारमा यदि कुनै मोडल उपलब्ध नभएको भए सबै उपलब्ध गराउने बताए ।

उनले नेपालमा राम्रो वारेन्टी भएको इन्जिनियरिङ प्रोडक्ट स्थापना गर्ने प्रतिबद्धता समेत जनाए ।

एसडीआई अटोमोबाइल्सको दूरदर्शितालाई मनन गरेर नयाँ डिस्ट्रिब्युटर नियुक्त गरेको उनले बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दिपेन्द्र बुढाथोकीले एसडीआई अटोमोबाइल्सले पहिले देखि नै गुणस्तरीय पार्ट्स उपलब्ध गराउँदै आएको स्मरण गर्दै टाइगर पावरका पार्ट्स पनि गुणस्तरीय भएको अपेक्षा गरे ।

इन्जिन सम्बन्धी कार्य गर्ने मेकानिक्सहरुलाई आगामी दिनमा यसको वारेमा कम्पनीले थप जानकारी दिनका लागि आवश्यक तालिम समेत दिने अपेक्षा गर्दै उनले गुणस्तरीय सामग्री प्रयोग गर्नु अटो मेकानिक्सहरुको कर्तव्य भएको बताउँदै सबैलाई गुणस्तरीय पार्ट्स प्रयोग गर्न अनुरोध गरे ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटो मेकानिक्स र अन्य व्यवसायीहरुको सहभागितामा कम्पनीले आफ्ना उत्पादनका वारेमा जानकारी प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै गुणस्तरीय उत्पादन प्रयोगमा सदैव लागिरहन यसले प्रेरणा प्रदान गर्ने बताए ।

एसडीआई अटोमोबाइल्सका मार्केटिङ प्रमुख सञ्जिव हमालले नेपाली ग्राहकलाई सदैव गुणस्तरीय उत्पादन उपलब्ध गराइरहेको र यो अवस्थामा टाइगर पावरका उत्पादन बिक्री–वितरणका लागि कम्पनीबाट अफर आए पछि ‘यो मौका गुमाउनु हुँदैन र गुणस्तरीय उत्पादन उपलब्ध गराउनु पर्छ’ भन्ने उद्देश्यका साथ यो प्रोडक्ट ल्याएको बताए ।

एसडीआई अटोमोबाइल्स र सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र मिश्रले लामो समय देखि नेपाली बजारमा गुणस्तरीय उत्पादन उपलब्ध गराइरहेको अवस्थामा नयाँ उत्पादनको रुपमा टाइगर पावर ब्रान्डका उत्पादन उपलब्ध गराएको बताउँदै सबै मेकानिक्स र रिटेलरहरुबाट सहयोगको अपेक्षा गरे ।

बिक्री र बिक्री पछिको सेवाका लागि कम्पनी सदैव साथमा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *