कञ्चनपुरमा स्कुटी र ट्याक्टर ठोक्किँदा एकजनाको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा ट्याक्टर र स्कुटी आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

म १ त १०२० नम्बरको ट्याक्टरसँग सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी ठोक्किँदा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरी गम्भीर घाइते भएका थिए।

उनलाई घाइतेपछि उपचारका लागि धनगढीको मायामेट्रो अस्पतालमा भर्ना पुर्याइएको थियो।

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि भारतको भोजीपुरा रेफर गरियो। तर, भारत लैजानुअघि नै चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

दुर्घटनामा संलग्न स्कुटी चालक,४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *