इभी गाडी महँगो छैन

रामकृष्ण ढकाल, लोकप्रिय गायक 

नेपालका लोकप्रिय गायक रामकृष्ण ढकालले विगत ६ महिनादेखि बिवाइडी कम्पनीको अटो ३ मोडलको इभी चढिरहनुभएको छ ।

१४ वर्षकै कलिलो उमेरदेखि चर्चित हुनुभएका गायक रामकृष्ण ढकालले अहिलेसम्म आधा दर्जन ग्यासोलिन गाडी चढिसक्नुभएको छ ।

अहिले भने उहाँ समयसापेक्ष हिसाबले इभी चढ्न थाल्नुभएको छ, उहाँलाई यो गाडीको ६ महिनाको सेवा निकै मन परेको छ ।

उहाँलाई कुनै गुनासो छैन, उहाँ भन्नुहुन्छ, ‘बिवाइडी अहिले सबैभन्दा बढी बिकेको कार हो, यसको उत्पादनमा राम्रो रिसर्च भएको छ ।

जसले गर्दा यसको गुणस्तर र यसमा भएका विशेषता निकै राम्रा छन् । मैले यो गाडी विशेष गरी उपत्यकामा चलाएको छु ।

उपत्यकाका लागि यो गाडीको साइज, हाइट, ग्राउन्ड क्लियरेन्स सबै पर्याप्त छ । चलाउँदा एकदमै आरामदायी कारको अनुभव हुन्छ ।

अहिले इभीमा सरकारले विशेष खालको कर छुट दिएका कारण गाडी महँगो छैन ।

यदि यो गाडीमा पनि ग्यासोलिन गाडीमा जस्तै महँगो कर भएको भए यो पनि निकै महँगो कार हुन्थ्यो । अब भनेको इभीको समय हो ।’

– Saroj Pyakurel@AUTO NEPAL.

Leave a Reply

Your email address will not be published. Required fields are marked *