नाडा अटो शो २०२५: रजिष्ट्रेशन खुल्ला

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा यही मिति २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७औं संस्करणको “नाडा अटो शो २०२५” आयोजना गरिने भएको छ।

काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही २०८१ फाल्गुन २७ देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्यधिक माग भएकाले विगतका संस्करणहरू जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ।

प्रदर्शनीमा २–पाङ्ग्रे, ३–पाङ्ग्रे, ४–पाङ्ग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् र ग्यारेज उपकरणहरू साथै वित्तीय संस्था र इन्स्योरेन्सलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ।

यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरूबाट समेत जानकारी माग भइरहेकोले गत वर्षको तुलनामा यस वर्ष छिटो रजिष्ट्रेशन खुल्ला गरिएको हो।

नाडा अटो शो समितिका सहसंयोजक श्री अनुपकुमार बरालका अनुसार, अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनामा विशेष योगदान पुर्‍याउँदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी र आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक ऊर्जा र नवीनतम प्रविधिहरूको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएको छ।

धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *