चितवनका अटो व्यवसायीहरु मनाङ राइडमा

चितवनका अटोमोबाइल्स व्यवसायीहरु आन्तरिक पर्यटन प्रवर्द्वनको लागि फागु पूर्णिमाको अवसरमा चितवनदेखि मनाङसम्म मोटरसाइकल यात्रा गर्न लागेका हुन् ।

 ‘राइड टु हिमालयज’ भन्ने नारासहित उक्त मोटरसाइकल यात्राको व्यवस्थापन हिमालयन राइडर्सले गर्ने अटोमोबाइल्स व्यवसायी राजाराम सापकोटाले जानकारी दिए ।

‘अटोमोबाइल्स व्यवसायीहरुको सामुहिक प्रयासमा आन्तरिक पर्यटन प्रवर्द्वन गर्न मोटरसाइकल यात्रा गर्न लागेका हौँ’, उनले भने ।

फागुन २८ गते बिहान ७ बजे नारायणगढको लायन्सचोक स्थित शुभ पेट्रोल पम्पबाट मोटरसाइकल यात्रा सुरु हुने उनले बताए ।

चैत २ गतेसम्म हुने मोटरसाइकल यात्राका क्रममा मनाङ लगायत लमजुङको राइनाकोट, गोर्खाको लिगलिगकोट लगायत पर्यटकिय स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

देशभर संजाल रहेको साथैं नेपालकै पहिलो मासिक पत्रिका, अटो नेपाल – मिडिया पार्टनर रहेको उक्त कार्यक्रमको सहयोगी संस्थाको रुपमा नेपाल अटोमोबाइल्स एशोसियसन (नासा) रहेको छ भने टेक्निकल पार्टनरमा लक्की मोटरसाइकल रहेको छ ।

अन्य सहयोगीहरुमा MOTUL लुब्रिकेन्ट्स, KPI हेलमेट, SNS हेलमेट, D.S. अटो पार्टस्, Vega हेलमेट, VSK पार्टस्, डल्फिन अटोमोटिभ, LIVFAST ब्याट्री, सुप्रिम ट्रेडिङ र रोयल इन्फिल्ड मोटरसाइकल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *