कतार एयरको जहाज रन वे ‘२-जिरो’बाट अवतरण

अन्तर्राष्ट्रिय उडानतर्फ कतार एयरवेजले आज रनवे ‘२-जिरो’ (बौद्धतर्फ) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजहरू सो रनवेबाट अवतरण गर्नु दुर्लभ मानिन्छ ।

काठमाडौंमा रन वे ‘जिरो-२’ (कोटेश्वरतर्फ)बाट अन्तर्राष्ट्रिय उडानका जहाजहरू अवतरण हुँदै आएका छन् ।

विमानस्थल स्रोतका अनुसार हावाको चापका कारण आज कतारले दुर्लभ एप्रोचबाट जहाज काठमाडौं अवतरण गराएको हो ।

यसअघि एयर इण्डिया र नेपाल वायु सेवा निगमले यस रुटबाट सर्कलिङ एप्रोचका रुपमा जहाज अवतरण गराए पनि अन्य जहाजहरू अवतरण भएका छैनन् ।

कतार एयरले आरएनपी टू जिरो अप्रोच गरेर विमानस्थलमा अवतरण गरेको छ ।

नजिकै कपन गुम्बाको डाँडा पर्ने हुँदा सामान्यतया जहाजहरू कोटेश्वरतिरबाट नै अवतरण गर्न रुचाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *