लुयान नेपालको होली अफर

इलेक्ट्रिक स्कुटरको बजारमा ख्यातिप्राप्त लुयान नेपालले होलीको अवसरमा विशेष अफर सञ्चालन गरेको छ।

लुयान तथा इकुटरका कुनै पनि स्कुटर खरिद गर्ने ग्राहकले नगद रु. १५ हजार छुटका साथै हेलमेट, बाइक कभर तथा होली टिसर्ट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

हाल कम्पनीसँग रु. १ लाख ५० हजार देखि २ लाख ७० हजारसम्मका विभिन्न इलेक्ट्रिक स्कुटर रहेका छन्।

जसमध्ये सबैभन्दा परिचित र बढी बिक्री हुने MNK3 मोडेलको स्कुटर हो।

यसको मूल्य जम्मा १ लाख ९२ हजार ६ सय मात्र छ। त्यसमा पनि अहिलेको अफरमा किन्दा जम्मा १ लाख ७७ हजार ६ सय मा पाउन सकिन्छ।

त्यसैगरी, कम्पनीसँग रु. २ लाख १५ हजार १ सय मा लुयानको S90, रु. २ लाख २५ हजार मा इकुटरको E3, रु. २ लाख ९ हजार ७ सय मा विंगर लगायतका इलेक्ट्रिक स्कुटर उपलब्ध छन्। कम्पनीसँग रु. १ लाख ५० हजार पर्ने काइसाइ ब्राण्डको स्कुटर पनि रहेको छ।

कम्पनीले लिथियम आयन र ग्राफिनी दुबै ब्याट्री अप्सनमा स्कुटरहरू उपलब्ध गराएको छ।

सामान्यतया, नेपाली बजारमा भएका अन्य इलेक्ट्रिक स्कुटरहरूको तुलनामा समान गुणस्तर र कन्फिगुरेसनमा हेर्दा लुयानका स्कुटर धेरै नै सस्तो रहेको कम्पनीका सेल्स हेड शंकर शर्मा ले बताए।

त्यसका साथसाथै, स्पेयर पार्ट्सको पनि मूल्य कम भएको उनको दाबी छ।

कुनै पनि सवारीसाधनको बिक्रीभन्दा पनि बिक्रीपछिको सेवा महत्वपूर्ण हुने भन्दै सेल्स हेड शर्मा ले त्यसका लागि कम्पनीको काठमाडौं उपत्यकाभित्र मात्रै १५ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेको जानकारी दिए।

लुयान तथा इकुटर ब्राण्डका इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक सोल डिस्ट्रिब्युटर जीरो इमिसन राइड एन रहेको छ।

जसले नेपाली बजारमा विगत ६ वर्षदेखि इलेक्ट्रिक स्कुटरको कारोबार गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *