डोङफेङ नामीको ५०० भन्दा बढी कार बिक्री

डोङफेङ नामीले नेपालको सडकमा ५०० भन्दा बढी कार बिक्री गर्दै ठूलो सफलता हात पारेको छ।

यसले नेपालको ईभी (इलेक्ट्रिक वाहन) बजारमा नामीको प्रभुत्व बढ्दो क्रममा रहेको र यातायात क्षेत्रमा सुधार ल्याउन प्रतिबद्ध रहेको देखाउँछ।

नामीले एमएडब्लू वृद्धि ईभी कार्निभलको अन्तिम कार्यक्रममा अर्को माइलस्टोन हासिल गरेको छ।

विशेष कार्यक्रममा ५ जना ग्राहकलाई नयाँ नामी गाडीको साँचो हस्तान्तरण गरिएको थियो।

नेपालभरि ५०० भन्दा बढी नामी कारहरू गुडिरहेका छन्, जसले नेपालमा ईभीको लहरमा नामीलाई अग्रस्थानमा पुर्‍याएको छ।

नाडा अटो शोमा नामीले ७२० भन्दा बढी बुकिङ गरेर नयाँ रेकर्ड कायम गरेको छ।

नामीका गाडीहरूको भविष्यवादी डिजाइन र उन्नत सुविधाहरू ग्राहकहरूलाई निकै मन परेको छ।

गाडीमा फ्रेमलेस ढोका, मेमोरी सिट, फ्लश ढोका ह्यान्डल र चिल्लो सतहजस्ता विशेषताहरू छन्।

साथै, १२.८ इन्चको इन्फोटेनमेन्ट कन्सोल र लेभल २ एड्याश सुरक्षा प्रणालीले आराम, सुरक्षा र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रदान गर्छ।

नामीको बोल्ड र स्टाइलिश डिजाइन तथा जीवन्त रंगका विकल्पहरूले युवापुस्तालाई आकर्षित गरेको छ।

नेपालको सडकमा नामी कारहरूको संख्या बढ्दै जाँदा, यो ब्रान्डले देशलाई स्मार्ट, स्टाइलिश र दिगो भविष्यतर्फ डोऱ्याइरहेको छ।

नामीको यो सफलता केवल एउटा माइलस्टोन मात्र होइन, यो नेपालको ईभी यात्रामा नयाँ अध्यायको सुरुवात पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *