टोयोटाको टेस्ट ड्राइभ तथा एक्सचेञ्ज कार्यक्रम सुरु

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले फाल्गुन १६ देखि फाल्गुन १९ गते सम्मका “Experience Toyota” आयोजना गर्दैछ ।

झापामा फाल्गुन १६ र १७मा दरबार रेस्ट्रो बिर्तामोडमा  आयोजना गर्दै छ भने फाल्गुन १८ र १९ मा इटहरीको Sky luxe होटेल स्थित  “Experience Toyota” आयोजना गरेको छ ।

झापा र इटहरीलाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री  इन्सुरेन्स, बैंकिंग सुबिधा, रोड कर, विभिन्न  उपहारहरु समेत पाउने हुनेछ ।

यो कार्यक्रम फाल्गुन १७ सम्म हुने छ भने, भोलि टोयोटा ड्राइव ठिक ३ बजे बिर्तामोडको नयाँ भद्रपुर रोडमा रहेको दरबार रेष्ट्रोबाट सुरु भई दोमुखा रिसोर्टमा गएर सकिने टोयटा नेपालकी उप महा प्रबन्धक रेखा शाह कार्कीले बताउनुभयो ।

उहाँका अनुसार यो कार्यक्रम टोयोटाका ग्राहकहरू तथा सम्भावित खरिदकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको हो, जस अन्तर्गत उनीहरूले टोयोटाका विभिन्न मोडेलहरू परीक्षण गरि ड्राइभ अनुभव गर्न सक्नेछन् ।

यस  टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई यस प्रा.लिको विभिन्न सुबिधाको बारेमा जानकारी गराईनेछ ।

ग्राहकलाई यू.टि.एस संग विभिन्न मोडलका गाडीहरु उपलब्द  रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि अनुरोध समेत गरेका छौ।

साथै,  यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति  विभिन्न बैंकसंग बैंकिंग फाईनान्सको पनि ब्यबस्था गरिएको छ ।

टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सव  मार्फत  ल्याएको  छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *