काठमाडौँ महानगरको सम्मान बुलेट आमालाई

काठमाडौं महानगरपालिकाले ‘बुलेट आमा’ सुशीला उप्रेती तिवारीलाई सम्मान गरेको छ ।

बुलेट मोटरसाइकल यात्राको प्रशंसा गर्दै महानगरले उनलाई सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरेको छ ।

बिहीबार उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंसापत्र प्रदान गरेकी हुन् ।

सो क्रममा उपप्रमुख डंगोलले सुशीलाको आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् ।

उपप्रमुख डंगोलले तिवारीको मोटरसाइकल यात्रा साहसी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् ।

‘नेपाली महिलाले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरू महिलाका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो,’ डंगोलले भनिन्  ।

झापाको बुधबारे बसोबास गर्ने तिवारीले नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै ५ भदौमा मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् ।

नवौं दिनमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको गड्डाचौकीमा पुगेर उनले आफ्नो यात्रा समापन गरेकी थिइन् ।

विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उनी भन्छिन्, ‘साहसी र सशक्त नेपाली महिलाको पहिचान प्रवर्द्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्यान्डसम्म यात्रा गर्नेछु ।

यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *