Skip to content
मौसममा सुधार आएपछि संखुवासभाको एक मात्र तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान भएको छ । बुधबार बुद्ध एयरको ७२ सिटे जहाजले उडान भरेको हो ।
विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ पछि तुम्लिंगटारमा उडान अवरुद्ध भएको थियो ।
विमानथलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौं-तुम्लिङटार उडान भएको हो ।
तुम्लिङटारमा पछिल्लो समय बुद्ध एयरको ७२ सिटे जहाजले उडान भर्दै आएको छ ।
बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालयका प्रमुख नवराज दाहालले बताए ।
विमानस्थल वरिपरि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको हो ।
तुवाँलो बढ्दा यसअघि विमानस्थलमा ५ सय मिटर मात्रै भिजिबिलिटी थियो । तुवाँलो केही हटे पनि पूर्णरुपमा मौसम भने खुलेको छैन ।
Post Views: 315