नेपालमा पहिलो पटक ५ वर्षको वारेन्टी

– विष्णु अग्रवाल, अध्यक्ष 

एमएडब्लू अर्थमुभर्स प्रालि.

एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी इन्डियासँगको सहकार्यमा जेसीबी एनएक्सटी सिरिजका नवीनतम एस्काभेटरहरू जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एस्काभेटरहरू सफलतापूर्वक लन्च गरेको छ।

जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टरले १ वर्षमा १० लाखसम्मको फाईदा हुने, हाम्रा देशभर ३ वटा अपरेटर ट्रेनिङ केन्द्रहरुबाट लगभग ३००० जना अपरेटरहरुले तालिम लिइसकेका छन् ।

नेपालमा भएको सबैं औधोगिक क्षेत्रहरुमा ५६ प्रतिशत मार्केट शेयर भएको र नेपालमा मात्र, पहिलो पटक ५ वर्ष वा १० हजार घण्टाको वारेन्टी भएको ३३ वटा बिक्री केन्द्रहरुबाट सेवा, सुविधाहरु पाइने बताउनुभयो ।

‘लिडर इन एस्काभेटर’ भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने जेसीबीको प्रतिबद्धतामा प्रकाश पारेको थियो ।

जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ भने जेसीबी एनएक्सटी २२५ एलसीएमः ट्र्याक्ड एस्काभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ।

यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ।

-mkt.autonepal@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *