३१.९८ प्रतिशत सवारीसाधन प्रदूषण जाँचमा ‘फेल’

वातावरण विभागले गरेको प्रदूषण सम्बन्धी छड्के जाँचमा ३१.९८ प्रतिशत सवारीसाधन ‘फेल’ भएका छन् ।

चालु आर्थिक वर्ष २०८१/८२ मंसिर २० देखि माघ १० सम्म गरिएको छड्के जाँचमा काठमाडौंमा ३१.९८ प्रतिशत सवारीसाधन फेल भएको पाइएको हो ।

विभागले यसबीच ५ सय १९ सवारीसाधन जाँच गरेको थियो ।

जसमध्ये १ सय ६६ फेल भएका छन् । ३ सय ५३ मात्र पास भएका छन् ।

उता, काठमाडौं महानगरपालिकाले समेत पछिल्लो समय प्रदूषण जाँच बढाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *