Skip to content
कास्की,५ कात्तिकः सहकारी ठगी मुद्दामा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै। तस्बिरः कृष्ण दवाडी÷रासस
जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
सहारा चितवन सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
सहारा सहकारी ठगीमा अभियुक्तको संख्या ३२ जना पुगेको छ ।
यसअघि लामिछाने कास्कीबाट ६५ लाख, काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी ठगीमा रुपन्देही अदालतबाट १ करोड रुपैयाँ धरौटीमा छुटेका थिए ।
Post Views: 320
Post navigation