२०२५ मा विश्वभर २ करोड विद्युतीय कार बिक्री हुने

विश्वभर विद्युतीय कारको बिक्री उल्लेख्य रुपमा बढ्दै गइरहेको छ।

सोहीकारण २०२५ मा विश्वभर पूर्णविद्युतीय कार र प्लग इन हाइब्रिड कारको बिक्री १७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

२०२५ मा विश्वमा विद्युतीय कार बिक्री १७ प्रतिशतले बढेर २ करोडभन्दा बढी बिक्री हुने प्रक्षेपण रिसर्च फार्म रो मोसनले गरेको छ।

चीनमा विद्युतीय सवारीको सहुलियतमा दिइएको निरन्तरताले बिक्री बढ्ने अनुमान गरिएको हो।

चीन वर्तमान समयको सबैभन्दा धेरै विद्युतीय कार बिक्री हुने बजार हो।

त्यसपछि दोस्रोमा युरोप रहेको छ। कार्बन उत्सर्जन घटाउन पर्ने दबाब रहे पनि कम मूल्यको विद्युतीय कार कम उपलब्ध हुँदा युरोपमा कार बिक्री केही कम हुने देखिएको रो मोडनका प्रमुख रिसर्चर लोला ह्युजेनको भनाइ छ।

यद्यपी कार उत्पादकहरुले युरोपमा २०२५ लाई रुपान्तरणको वर्षका रुपमा लिएका छन्। यो वर्ष युरोपमा विद्युतीय कारको स्वीकार्यता थप बढ्ने अनुमान पनि गरिएको छ।

चीन र युरोपमा विद्युतीय कार बिक्री बढ्ने अनुमानकाबीच अमेरिकामा भने घट्ने प्रक्षेपण छ।

डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पद सम्हालेकाले अमेयरिकामा विद्युतीय कारको बिक्री घट्ने अनुमान गरिएको हो।

ल्याटिन अमेरिका तथा एसिया प्यासिफिक क्षेत्रमा पनि विद्युतीय कारको बिक्री बढ्दै गइरहेको छ।

२०२४ मा युरोपमा विद्युतीय कार बिक्री १५ प्रतिशतले बढेर ३० लाख पुगेको थियो।

ईयूको इमिसन लक्ष्यका कारण कार उत्पादकहरु अझै पनि करिब १० अर्ब युरो जरिवाना तिर्नुपर्ने अवस्थाको जोखिममै छन्।

यसअघि यस्तो जरिवाना १५ अर्ब युरो लाग्ने अनुमान गरिएको थियो।

नेपालमा पनि विद्युतीय सवारीको स्वीकार्यता उल्लेख्य रुपमा बढेको छ।

हाल नेपालमा समग्र कार बिक्रीमा विद्युतीयको हिस्सा ७५ प्रतिशतभन्दा धेरै रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *