ब्यारिकेट प्रयोग नगरी सडक खन्नेलाई जरिबाना

कालोपत्र सडक खन्दा मापदण्ड पालना नगरेको भन्दै काठमाडौं महानगरपालिकाले एक व्यक्तिलाई जरिबाना तिराएको छ ।

काठमाडौं महानगरपालिका–१४ मा कालोपत्र सडक खन्न अनुमति लिए पनि मापदण्ड पालना गरेको नपाइएपछि प्रबल आचार्यलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको महानगर प्रहरी बलले जानकारी दिएको छ ।

महानगरका अनुसार लिंक मार्गको कालोपत्र सडक खन्दा आचार्यले सडक सुरक्षाका लागि ब्यारिकेट प्रयोग नगरेको पाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *