Skip to content
काठमाडौं महानगरपालिकाले सडक पेटीमा व्यापार गरेको भन्दै एक व्यक्तिलाई जरिबाना गरेको छ ।
सवारी रोकेर सडक पेटीमा व्यापार गर्दा सवारी सुरक्षाको जोखिम रहेको भन्दै महानगरले व्यवसायी पशुपति भण्डारीलाई जरिबाना गरेको हो ।
वडा नम्बर १५ स्थित सडक पेटी अतिक्रमण गरी व्यापार गरिरहेको पाइएपछि उनलाई कारबाही स्वरूप जरिबाना गरिएको महानगरले जनाएको छ ।
उनीसँग कारबाही स्वरूप १५ हजार रुपैयाँ जरिबाना गरिएको नगर प्रहरीले जनाएको छ ।
Post Views: 253