रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा दोस्रो दिनको थुनछेक बहस आज पनि जारी रहने छ ।

सरकारी वकिल र लामिछानेको तर्फका वकिलहरुको बसह नसकिएको हुँदा आज पनि हुने भएको हो ।

रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा, पशुपति भण्डारीले बहस गरेका थिए ।

रुपन्देहीको सुप्रिम बचत तथा सरकारी रकम अपचलन मुद्दामा उनी गत बुधबार हाजिर भएका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको तर्फबाट बहसमा उत्रिएका वकिलहरूले सहकारीका निक्षेपकर्ताको बचत सुरक्षण गर्ने जिम्मा रास्वपा सभापति रवि लामिछानेको नभएको जिकिर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *