Skip to content
हुन्डाइकाे नयाँ क्रेटा इभी फागुनको अन्तिम साता नेपाल आइपुग्ने भएको छ । कम्पनीले बताएका अनुसार नयाँ क्रेटा इभी फागुनको अन्तिम साता आउन लागेको हो।
आम इभी गाडीमध्येकै निकै आकर्षक मानिएको यस क्रेटालाई लिएर आम उपभोगी व्यक्तिहरुको प्रतिक्षाको घडी नजिकिदै गएको छ ।
कम्पनीले नयाँ क्रेटालाई लिएर आम उपभोक्ताले दिएको चासाेलाइ उत्साहीत हुँदै निकै सकारात्मक स्वागत गरेको छ ।
होन्डाईको क्रेटा इभीमा विशेषगरी क्रेटा इभीका प्रति किलोवाट ८ घण्टा प्रति यात्रा लागत, र दिगो र ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्ने जनाइएको छ ।
विभिन्न आवश्यकताका लागि दुई ब्याष्ट्री विकल्प रहेको हुन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ४२ किलो वाट ब्याट्रस् ब्यापक र एआरआई प्रमाणित रेन्ज ३९० किमी रहेको छ ।
त्यस्तै, नेपालको लागि वास्तविक रेन्ज करिब ३००–३३० किमी हुने अनुमान छ, जसमा भू-भाग र ड्राइभिङ अवस्थाको प्रभाव पर्नेछ।
५२ kWh ब्याट्री प्याक भएको (लङ रेन्ज संस्करण) गाडीको ARAI प्रमाणित रेन्ज भने ४७३ किमी छ।
नेपालको लागि वास्तविक रेन्जस् करिब ३९०–४२० किमी रह्रकाे जनाएकाे छ ।
Post Views: 232