भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या

काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ ।

उडान नं. ९५३ नम्बर कल साइन नाइन एन–एजेएसको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिँदा काठमाडौँ डाइर्भट गराइएको बुद्ध एयरले जनाएको हो ।

जहाज ११ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो ।

जहाजलाई बुद्ध एयरको टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *