सिन्धुलीमा सवारी दुर्घटना

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ जखौलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अन्य दुई जना घाइते भएका छन् ।

ना.३ च ५९७६ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा सोही गाडीमा सवार स्थानीय २० वर्षीय कैलाश राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २ जनाको स्थानीय पोलिक्लिनिक झनझनेमा उपचार भइरहेको छ ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *